काठमाडौंमा राइफलसहित ३ जना पक्राउ

काठमाडाैं | मंसिर २३, २०८०

काठमाडौंमा राइफलसहित ३ जना पक्राउ

काठमाडौँ:   काठमाडौँबाट २ थान हतियार चोरीमा संलग्न रहेको आरोपमा युवतीसहित ३ जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बस्ने दिलीप माझी, ताहाचल बस्ने कुशल मल्लिक  र काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३  घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने काजल कुमारी भुजेल रहेका छन् । 

 

गत मंसिर १६ गते ताहाचलस्थित पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको  दुई नाले ४१० बोरको टोटावाल बन्दुक र  जेड २१६२२९ को २२ बोरको राइफल गरी २ थान हतियारहरू चोरी भएको थियो । 

 

प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्